बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिभिल इञ्जिनियरिङ विषय पढ्ने विद्यार्थीको कोटा पुर्याउनै धौधौ

बिहीबार, २० जेठ २०७३, ११ : ००
बिहीबार, २० जेठ २०७३

म्याग्दी – बेनी नगरपालिका ९ तोरीपानीमा रहेको गलेश्वर उच्च माविमा तीन वर्षअघि सुरु भएको सिभिल इञ्जिनियरीङ विषय पढ्ने विद्यार्थीको कोटा पु¥याउन मुस्कील भएको छ । शैक्षिक सत्र २०७० देखि मावि तहमा प्राबिधिक तथा व्यवसायीक शिक्षा अन्तरगत सिभिल ईञ्जिनियरीङ विषयको अध्यापन सुरु गरेको विद्यालयमा पछिल्लो दुई वर्ष तोकीएको कोटा अनुसार विद्यार्थी भर्ना हुन आएनन् ।

४८ जनाको कोटा रहेपनि गत वर्ष कक्षा ९ मा २५ जना मात्रै भर्ना भएका थिए भने यसवर्ष हालसम्म जम्मा ३९ जना सो विषय पढ्ने विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । पहिलो वर्ष भर्ना भएका ४८ जना विद्यार्थीले २०७१ सालको प्रवेशीका परिक्षामा ग्रेडीङ प्रणाली अनुसार सहभागिता जनाएका थिए ।

पहिलो वर्ष ८३ जना विद्यार्थीले प्राबिधिक विषय पढ्न आवेदन दिएपछि प्रतिस्पर्धा गराएर कोटा निर्धारण भएको संख्यामा मात्र भर्ना गरिएको थियो । प्राबिधिक विषयबाट दश कक्षा उतिर्ण गर्ने विद्यार्थीलाई उच्च शिक्षा हाँसील गर्नका लागि कलेज तथा उच्च माविको समस्या रहेकाले गत वर्ष भर्ना हुन आउनेको संख्या पहिलो वर्षको तुलनामा दुई गुणाले घटेको थियो । यसवर्ष सम्बन्धित विद्यालयमै उच्च मावि तहको अध्ययन गर्ने व्यवस्था मिलाएकाले विद्यार्थी संख्या बढपनि अपेक्षाकृत हुन नसकेको विद्यालयका प्रअ रामप्रसाद सुवेदीले बताए । १३, १४ वर्ष उमेरका बालबालिकालाई अभिभावकले घर छाडेर टाढा पठाउन नसक्नु, विद्यालयमा व्यवस्थित छात्राबास नहुनु जस्ता समस्याका कारण प्राबिधिक विषय पढ्न आउने विद्यार्थी कमी भएको प्रअ सुवेदीको भनाई छ ।

सिभिल ईञ्जिनियरीङ पढ्ने विद्यार्थीलाई खानेपानी, भवन, नहर, सडक लगायत पुर्वाधारको नक्सा तयार गर्ने, सो सम्बन्धि प्रबिधि सम्बन्धि आधारभुत, व्यवहारीक र सैद्धान्तिक विषयमा अध्यापन गराईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप