बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तमलोपाको प्रथम महाधिवेशन नवलपरासीमा

बिहीबार, २० जेठ २०७३, ११ : ०९
बिहीबार, २० जेठ २०७३

नवलपरासी– असारको पहिलो साता नवलपरासीमा हुने तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयारी तीव्रगतिमा अघि बढाइएको छ ।

नवलपरासीमा कुनै पनि राजनीतिक दलको यो पहिलो राष्ट्रिय महाधिवेशन हुन लागेको हो । महाधिवेशन सफल पार्न पार्टीका सबै क्षेत्रका सरोकारवालालाई परिचालन गरी तयारी तीव्र पारिएको पार्टीले जनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६, ७ र ८ गते नवलपरासीमा गर्दैछ । महाधिवेशनमा देश÷विदेशका नेता प्रतिनिधि आउने भएकाले सभ्य र भव्य रुपमा महाधिवेशन सफल बनाउन कार्यकर्ता परिचालन गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले बताए । महाधिवेशनको उद्घाटन सत्रमा भारतका नेता सलमान खुर्सिद, शरद यादव, सीताराम येचुरी, रघुवंश दास, रामगोपाल यादव लगायतका नेता तथा बेलायत, अमेरिका, बङ्गलादेश गरी विदेशी प्रतिनिधिसमेत आउने पार्टीले जनाएको छ ।

महाधिवेशन सदरमुकाम परासीमा हुनेछ । महाधिवेशन सफल बनाउन सबै कार्य अघि बढाइएको पार्टीले जनाएको छ । महाधिवेशनलाई सफल बनाउन विगत एक महिनाअघि देखि नै पार्टीका वरिष्ठ उपाध्यक्ष त्रिपाठी गृह जिल्ला नवलपरासीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप