बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हँसिया प्रहारबाट डोटीमा युवकको हत्या

बिहीबार, २० जेठ २०७३, ११ : १२
बिहीबार, २० जेठ २०७३

डोटी–हँसिया प्रहारबाट डोटीमा एक युवकको हत्या गरिएको छ । बुधबार डोटीको महादेवस्थान–८ बस्ने २२ वर्षीय रणबहादुर रोकायाको हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गाउँमा सामान्य विवाद भएपछि सोही ठाउँ निवासी ३२ वर्षीय भीमबहादुर रोकायाले रणबहादुरमाथि हँसिया प्रहार गर्दा उनको मृत्यु भएको हो । हँसिया प्रहारबाट घाइते भएका रणबहादुरलाई उपचारका निम्ति कोहलपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यारा भीमलाई गाउँलेले छोपी प्रहरीलाई बुझाएका थिए । मृतकको लास जिल्ला अस्पताल डोटीमा शवपरीक्षणका निम्ति राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप