बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

च्याउ खाँदा थप १ को मृत्यु, मृतकको संख्या ८ पुग्यो

बिहीबार, २० जेठ २०७३, ११ : १७
बिहीबार, २० जेठ २०७३

पाँचथर– जङ्गलबाट टिपेर ल्याएको जङ्गली च्याउ खाँदा गएराति पाँचथरमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई रहेका छन् । उनले गत जेठ १८ गते बेलुका जङ्गली च्याउ खाएका थिए ।

जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । योसहित जिल्लामा विषालु च्याउ खाई मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । गत जेठ १० गतेदेखि हाल सम्ममा आठ जनाको मृत्यु भइसकेको छ भने नौ जना बिरामी भएका छन् ।

यसअघि मृत्यु हुनेमा आङना–१ बस्ने वीरेन्द्र माङलाककी छोरी पाँच वर्षीया सोनिका, १३ वर्षीया कबिता माङलाक, श्रीमती पदम माया, सोही ठाउँकै मनकुमारी माङलाकको मृत्यु भइसकेको छ ।

यसैगरी, मृत्यु भएकामा थर्पु–६ बस्ने धनबहादुर मावोकी छोरी ११ वर्षीया एलिजा मावो रहेकी छिन् ।

च्याउ खाएर बिरामी हुनेमा याङनाम–२ बस्ने टीकाराम मगर, राजेश मगर र गणेश मगर रहेका छन् । थर्पु–६ बस्ने पाँच वर्षीय प्रशान्त माबो र आठ वर्षीया सुरजना माबो रहेका छन् भने कुरुम्बा–४ बस्ने देवीकुमार लावती, कल्पना लावती, राजेन्द्र लावती, दीपेश लावती र दिनेश लावती बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप