बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एलजीको वासिङ मेसिनमा तासको घर

बिहीबार, २० जेठ २०७३, ११ : ५९
बिहीबार, २० जेठ २०७३

काठमाडौं–एलजी इलेक्ट्रोनिक्स र व्यवसायीक तास स्ट्याकर ब्रायन बर्गले एलजीको उत्पादन वासिङ मेसिनमा एउटा नयाँ प्रयोगवाट आफ्नो उत्पादनको वजारीकरणमा थप चर्चा वटुलेको छ । गत मार्च १५ मा हार्भार्डमा आर्किटेक्ट, ब्रायन बर्ग र एलजीले संयुक्त रुपमा सबैभन्दा अग्लो तासको घर बनाई वल्र्ड रेकर्ड तोड्ने प्रयास गरेअनुसार एलजीको उत्पादन वासिङ मेसिनमाथि १० हजार ८ सय ओटा तास प्रयोग गरि सो रेकर्ड वनाएको छ । एलजीको नया“ प्रविधिलाई प्राथमिकता दिन पनि प्रोत्साहन मिल्ने भएकाले आयोजना गरिएको सो अभियानमा १२ घण्टा अवधीमा एक हजार आरपीएमको गतिले चलिरहेको वासिङ मेसिन माथि १० हजार ८ सय ओटा तासको प्रयोग गरेर ३ दशमलव ३ मिटरको ४० तल्ले अग्लो तासको घर बनाई गिनिज् वल्र्ड रेकड वनाएको हो । सो मेसिनमा लुगा ध“ुदा हुने कम्पन र आवाज निकै कम गरेको यस परिक्षणबाट प्रमाणित भएको पनि कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप