बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक महिना अगाडि विवाह गरेका शिक्षकले गरे आत्महत्या

बिहीबार, २० जेठ २०७३, १२ : १०
बिहीबार, २० जेठ २०७३

सप्तरी – सप्तरीको राजविराज–४ स्थित सर्वोदय (पोखरेल) टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर योगिनी माई नगरपालिका–८ निवासी २८ वर्षीय रामकुमार कामैत रहेको प्रहरीले जनाएको छ । मृतक कामैत राजविराज–५ स्थित रुपनी रोडमा रहेको प्रिमियर बोर्डिङ स्कुलका शिक्षक हुन् । उनी वडा नं ४ मा डेरा गरी बस्दै आएका थिए । कोठामा पङ्खामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको एक महिना अगाडि विवाह भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप