बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्याबिनेट बैठकमा माओवादीका एकमात्रै मन्त्री !

बिहीबार, २० जेठ २०७३, १२ : ३२
बिहीबार, २० जेठ २०७३

काठमाडौं– मन्त्रिपरिषद्को बिहिबारको बैठकमा माओवादी केन्द्रका एकजना मात्रै मन्त्री सहभागि भएका छन् ।

[caption id="attachment_8875" align="alignleft" width="800"] file photo[/caption]

माओवादीबाट केपी ओली नेतृत्वको सरकारमा ८ जना मन्त्री रहेको भएपनि सो पार्टीबाट एकजना मन्त्रीमात्रै सहभागि भएका हुन् । बैठकमा सिंचाईमन्त्री उमेश यादवको मात्रै सहभागिता रहेको थियो । मन्त्रिपरिषद्को बैठक र माओवादी केन्द्रको बैठक एकै समय हुन पुगेकाले एक मन्त्रिपरिषद् बैठकमा एकजना मन्त्रीमात्रै सहभागि भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यस्तै सुचना तथा सञ्चारमन्त्री शेरधन राईले पनि माओवादीको पनि बैठक भएकाले सो पार्टीको तर्फबाट एकजना मन्त्रीमात्रै सहभागि भएको बताए । सरकारका प्रवक्ता समेत रहेका उनले आजको बैठकमा एमाओवादी मन्त्री एकजनाको मात्रै सहभागिता हुनुमा अन्यथा सोच्न नहुनेमा जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले सामाजिक सुरक्षा विकास समितिको कार्यकायरी निर्देशकमा तत्कालको लागि डा गुणराज लोहनीलाई नियुक्त गरिएको राईले जानकारी दिए । समितिको कार्यकारी निर्देशक खुल्ला प्रतियोगितामार्फत तोकिने व्यवस्था भएको र सो प्रक्रिया पूरा गर्न केहि समय लाग्ने भएकाले लोहनीलाई तत्कालका लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप