बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तनको कुरा जनता सुन्न चाहन्नन्ः बिजुक्छे

बिहीबार, २० जेठ २०७३, १३ : २६
बिहीबार, २० जेठ २०७३

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताएका छन् ।

आज आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राखे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उनले यसले विदेशी चलखेल बढ्ने बताए । उनले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलसमेत सहभागी भएर अहिलेको सरकारलाई बलियो बनाएर लैजानुपर्ने बताए ।

अध्यक्ष बिजुक्छेले छिटोछिटो सरकार परिवर्तनको खेलले जनतामा राजनीतिप्रति नै वितृष्णा जाग्ने बताउँदै सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको दाबी गरे । बिजुक्छेले स्थानीय निकायको निर्वाचन तोकेको मितिमा सम्पन्न गर्न सरकारले संसद्बाट यससम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप