बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोरु काट्नेको समुहद्वारा प्रहरीमाथि आक्रमण

बिहीबार, २० जेठ २०७३, १३ : ३८
बिहीबार, २० जेठ २०७३
नुवाकोट– प्रहरी टोलीलाई घरेलु हतियार प्रहार गर्न खोज्ने सामरी–५ पुरानोपानी बस्ने ४३ वर्षीय सोभेर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामरी–५ पनेरा र पुरानोपानी भन्ने स्थानमा स्थानियबासिले गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ बुधबार राति प्रहरी चौकी सामरीबाट ४ जनाको टोली उक्त स्थानमा जाँदा २५÷३० जनाको संख्यामा रहेका व्यक्तिहरुले प्रहरीलाई देख्नासाथ घरेलु हतियारले आक्रमण गर्न खोजेपछि प्रहरीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरी तामाङलाई नियन्त्रणमा लिएको थियो । फरार अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप