बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले बनायो १ हजार ९९ सदस्यीय केन्द्रीय समिति

बिहीबार, २० जेठ २०७३, १४ : ११
बिहीबार, २० जेठ २०७३

काठमाडौं– विभिन्न १० माओवादी घटकहरुको एकतापछि बनेको नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । बिहिबार बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकले १ हजार ९९ सदस्यीय आयोजक समिति बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले १ हजार ९९ सदस्यीय आयोजक समिति बनाइएको जानकारी दिँदै १०० जना सदस्य भने नियुक्त गर्न बाँकी रहेको सञ्चारकर्मीहरुलाई जानकारी दिइन् । ‘आयोजक समिति १०९९ सदस्यीय बनाइएको छ। जसमा ९९९ जना नियुक्त भएको र बाँकी ९९ एक सय जनाको नियुक्ति गर्न बाँकी छ’, भुषलले भनिन् । उनले पोलिटब्यूरो २२५ सदस्यीय र सचिवालय ८५ सदस्यीय बनाइएको पनि जानकारी दिइन् । एकतासँगै माओवादी केहि शक्तिशाली बन्ने आंकलनका बीच माओवादी केन्द्र अहिले भागबण्डामै अल्झिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाउन थालेका छन् । तर, प्रवक्ता भुषालले महाधिवेशन आयोजक समितिमा सबैलाई समेट्दा ठूलो हुन पुगेको बताइन् । उनले अब एकीकरणको प्रक्रिया प्रदेश हुँदै तलसम्म जाने बताउँदै सौहर्द र एकताबद्ध रुपमा अघि बढ्ने दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप