बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चुक्ता पुँजी बढाउन जुटे बैंकहरु : हकप्रद सेयर, बोनस वितरण र मर्जरका प्रक्रिया तीब्र

बिहीबार, २० जेठ २०७३, १४ : ४९
बिहीबार, २० जेठ २०७३

काठमाडौं–बैक तथा वित्तिय संस्थाहरु अहिले चुक्ता पुँजी वृद्धि गर्न कस्सिएर लागेका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार चुक्ता पुँजी वृद्धि गर्न बैंक तथा वित्तिय संस्थाहरु हकप्रद सेयर जारी गर्ने, वोनस सेयर वितरण र मर्जरका काममा तिव्र रुपमा लागेका हुन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तिय संस्थालाई दुई वर्षभित्र पुँजी वृद्धि गर्नु पर्ने व्यवस्था गरेको थियो । केन्द्रिय बैंकको सो व्यवस्थापछि बैंक तथा वित्तिय संस्थाले ४ देखि २५ प्रतिशत सम्म पुँजी वृद्धि गर्नु पर्ने वाध्यता छ । आगामी असार मसान्त सम्ममा पुँजी वृद्धि गरिसक्नुपर्ने भएकाले अहिले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरु तीव्र रुपमा यो योजनामा लागेका हुन् । मौद्रिक नीति अनुसार वाणिज्य बैंकले ८ अर्व रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने वाध्यता छ । सोही अनुसार बैंकहरु अहिले मर्जरसंगै यी योजना सफल गर्न लागिपरेका हुन् ।

–बैंक तथा वित्तिय संस्थाले हकप्रद सेयर जारी, बोनस वितरण र मर्जरका काम तिव्र पारे –सनराइज, सिटिजन्स बैंक इन्टरनेशनल, प्राइम कमर्सियल, काष्टमण्डप डेभलपमेन्ट लगायतका थुप्रै बैंकहरु पुँजी बढाउन जुटे – सिटिजन्स बैंक इन्टरनेशनलले असार ५ गतेवाट हकप्रद सेयर जारी गर्ने, एक करोड ६८ लाख ५८ हजार ७ सय ८६ कित्ता सेयर जारी गरेपछि पुँजी ५ अर्व ५३ करोड रुपैयाँ पुग्ने – काष्टमण्डप डेभलपमेन्ट बैंकले पुँजी बढाउनकै लागि महाकाली विकास बैंक खरिद ग¥यो – नारायणी नेशनल फाइनान्स खरिदपछि सनराइज बैंकको पनि चुक्ता पुँजी ४ अर्व रुपैयाँ पुग्ने

यतिवेला सनराइज, सिटिजन्स बैंक इन्टरनेशनल, प्राइम कमर्सियल, काष्टमण्डप डेभलपमेन्ट लगायतका थुप्रै बैंकहरु हकप्रद जारी गर्दै वोनस वितरण गर्ने तथा एक वा त्यो भन्दा वढी वित्तिय संस्थामा मर्ज (गाभिने) हुदै जार्ने काम गरिरहेका छन् । पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेशनलले असार ५ गतेवाट हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका एक करोड ६८ लखा ५८ हजार ७ सय ८६ कित्ता सेयर जारी गर्ने भएको हो । बैंकको सेयर २० कित्ता हुनेले ११ कित्ता पाउने जनाइएको छ । सेयर जारीपछि बैकको पुँजी ५ अर्व ५३ करोड रुपैयाँ पुग्ने जनाइएको छ । अहिले ३ अर्व ६ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी छ । यस्तै, सोही योजना अनुसार काष्टमण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंक खरिद गरि आफ्नो चुक्ता पुँजी वढाउने भएको छ । यो विषयमा सम्झौता नै भैसकेको बैंकले जनाएको छ । महाकाली विकास बैंकका अध्यक्ष सुरेन्द्रकुमार जोशीका अनुसार यो सम्झौता भर्खरै भएको छ । अव काष्टमण्डपको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने जनाइएको छ । अहिले काष्टमण्डपको चुक्ता पुँजी ६७ करोड ९८ लाख रहेको जनाइएको छ । मर्जरसंगै काष्टमण्डपको शाखा २६ पुग्ने छन् । अहिले महाकालीको चुक्ता पुँजी १२ करोड ७२ लाख रुपैयाँ छ । यस्तै, सनराइज बैंकले नारायणी नेशनल फाइनान्स खरिद गरेको छ । यी दुवै संस्थाविच हालै सो सम्वन्धी सम्झौता भएको हो । नारायणी नेशनल फाइनान्सका अध्यक्ष नारायणदास मानन्धरका अनुसार गत जेठ ३ गते राष्ट्र बैंकले दिएको सहमति अनुसार यो सम्झौता भएको हो । सनराइजले अव असार भित्रै एकिकृत कारोवार गर्ने गरि सम्झौता भैसकेको पनि उनले बताए । नारायणी खरिदपछि सनराइजको पनि चुक्ता पुँजी ४ अर्व रुपैयाँ पुग्ने जनाइएको छ । निक्षेप संकलन ५० अर्व र कर्जा प्रवाह ४३ अर्व पुग्ने छ । यता प्राइम कमर्सियलले पनि शकप्रद सेयर निस्कासनका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले ३ः१ अनुपातमा सेहकप्रद सेयर निस्कासनका लागि धितोपत्र वोर्डमा निवेदन दर्ता गराएको जनाएको छ । बैंकले सेयर धनीका लागि एक करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता अर्थात एक अर्व २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकको हाल चुक्ता पुँजी ३ अर्व ७० करोड रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप