बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरण रामेछापमा उपभोक्ताको डेलिगेसन

बिहीबार, २० जेठ २०७३, १६ : ३९
बिहीबार, २० जेठ २०७३

रामेछाप–रामेछाप जिल्लालाई तीन वर्ष पहिले लोडसेडिङ्ग मुक्त घोषणा गरिएको भए पनि विद्युत नियमित हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् ।

विद्युत नियमित नहुँदा स्थानीय उद्योग कलकारखाना, विद्युतीय व्यवायीहरु र स्वास्थ्य सेवा समेत प्रभावित बनेको छ ।

रामेछापको सदरमुकाम मन्थली र आसपालका क्षेत्रमा तामाकोसीबाट लिफ्टिङ्ग गरेर खानेपानीको वितरण गरिएको छ । विद्युत नहुँदा खानेपानीको समेत हाहाकार भएकोे छ ।

मन्थली र आसपासको क्षेत्रमा खानेपानीको वैकल्पिक श्रोत नहँुदा तामाकोसीबाट लिफ्ट गरि तानेको पानीमा निर्भर रहेको छ । बत्ति दिनमै पटक–पटक आउने जाने समस्याले दिक्क भएका उपभोक्ताहरु विद्युत नियमित गर्न माग गर्दै आज जिल्ला विद्युत प्राधिकरण रामेछापमा डेलिगेसन गएका छन् । विद्युत प्राविधरणका कर्मचारीहरुले राम्रो काम नगरकाले विद्युत नियमित हुन नसकेको उपभोक्ताको आरोप छ ।

विद्युत प्राविधकरण रामेछापका प्रमुख रविनबाबु घिमिरेले विद्युतको लाइन लामोसाँघुबाट ल्याइएकाले लामो दुरीको कारण सस्या आएको बताए । सास्यालाई माथिल्लो निकायमा राख्ने र समस्या समाधानको लागि आपूmले पहल गर्ने उनले बताएका छन् ।

आन्दोलनकारीले आगामी असार ५ गते सम्म विद्युत नियमित नगरे प्राविधरणमा ताला लगाउले लगायतका कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप