बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूर्व आइजिपी रबिन्द्र प्रताप शाहले ‘एक घर एक केन्द्रिय सदस्य’ भन्दै माओवादीलाई उडाए

बिहीबार, २० जेठ २०७३, १६ : ५४
बिहीबार, २० जेठ २०७३

काठमाडौं–विवादका बीच तत्कालिन एमाओवादीबाट सांसद बनेका पूर्व आईजिपी रविन्द्र प्रताप शाहले एकतापछि बनेको माओवादी केन्द्रले जम्बो केन्द्रिय समिती बनाएको बारे ‘एक घर एक केन्द्रीय सदस्य’ भन्दै ब्यंग्य गरेका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र)ले महाविधेशन अयोजक समितिको संख्या १ हजार ९९ पुर्याएसँगै सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेर शाहले यस्तो ब्यंग्य गरेका हुन् ।

माओवादी केन्द्र सहित शाहले नयाँ बजेटको नारालाई पनि ‘२०७३ सम्मको उपलब्धि’ भन्दै उडाएका छन् । बजेटको महत्वकांक्षी नारालाई ब्यंग्य गर्दै शाहले लेखेका छन्, ‘२०७२ ले जत्तिनै दुःख दिएपनि २०७३ भने नेपालीको निम्ती बम्पर उपहारहरुको बर्षा हुने देखियो ।’ ०७३ लाई बम्पर उपहारको बर्षा उल्लेख गरेका शाहले जेठ महिनासम्मको उपलब्धिका रुपमा बजेटमा उल्लेखित ‘एक घर एक रोजगार’, माओवादी केन्द्रलाई संकेत गर्दै ‘एक घर एक केन्द्रीय सदस्य’ भन्दै ब्यंग्य गरेका छन् । यसैगरी गणतन्त्र दिवसको दिन राष्ट्रपतिले दिएको पदकलाई ब्यंग्य गर्दै उनले ‘एक घर एक पदक’ भन्दै टिप्पणी गरेका छन् । एक घर एक पदक बारे थप ब्याख्या गर्दै उनले लेखेका छन्, ‘गणतन्त्र दिवसको दिन सरकारले दिने कदरपत्र र पदक ।’

जेष्ठ महिनामा मात्रै तीन बम्पर आएको भन्दै शाहले अबको १० महिनामा आकर्षक उपहारहरुको बाढी नै आउने सम्भावना औंल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप