बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कास्कीमा लागूऔषधको अवस्था विकराल

बिहीबार, २० जेठ २०७३, १६ : ५८
बिहीबार, २० जेठ २०७३

पोखरा –कास्की जिल्लामा लागू औषधको अवस्था विकराल रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । नेपाल सरकार गृह मन्त्रालय लागु औषध नियन्त्रण केन्द्रद्धारा विहीवार पोखरामा आयोजित सरोकारवाला सँगको छलफल कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् । यहाँका सवै भन्दा वढी खान्दानीका छोरा छोरी लागु औषधको समस्यामा रहेको उनीहरुले वताए । वालवालिकालाई अविभावकहरुले विशेष हेरचाह गर्न नसक्दा यो समस्या आएको उनीहरुको भनाई छ । टिन एजरका वालवालिकाहरु लागू औषधको फन्दामा पर्ने गरेकोले घर परिवार र समाजवाटै उनीहरुको विशेष निगरानी राख्नु पर्ने उनीहरुले वताए ।

सो अवसरमा वोल्दै गृह मन्त्रालयका उपसचिव फडिन्द्रमणि पोखरेलले पछिल्लो समयमा घरका श्रीमान श्रीमतीहरु काममा व्यस्त हुने र छोरा छोरीको सामान्य हेरचाह गर्न नसक्दा यो समस्या आएको वताए ।

उनले लागु औषध प्रयोग नियन्त्रण गर्न घर समाज र विद्यालयवाटै विशेष अभियान चाल्नु पर्ने वताए ।

कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले कास्कीमा सवै भन्दा चिन्ताको विषय लागु औषध रहेको वताए । उनले पोखरामा सुनौली भैरहवा नाका हुँदै लागु औषध भित्रयाउने गिरोह सक्रीय रहेको जानकारी दिए ।

२०६९ को तथ्याङक अनुसार कास्कीमा ६ हजार ९ सय १७ जना लागु औषध प्रयोगकर्ता रहेका छन् । नेपालमा ९१ हजार ५ सय ३४ जना रहेका छन् । गत तीन वर्षमा यो तथ्याङक अझै वढेको हुन सक्ने वताईएपनि आधिकारिक आँकडा भने नभएको प्रहरीले वताएको छ । प्रहरीले पक्राउ गर्ने र छोड्नेको आधारमा यति लागु पदार्थ प्रयोगकर्ता भन्न सकिने अवस्था नभएको एसपी अर्यालले वताए । सो अवसरमा वोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले हालै जिल्ला शिक्षा कार्यालय कास्कीले विद्यालयका आसपासमा सूर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप