बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झाडीमा लुकाएर राखेको ३३ वटा कछुवा प्रहरीले भेट्टायो

बिहीबार, २० जेठ २०७३, १७ : ३६
बिहीबार, २० जेठ २०७३
काठमाडौं– अवैध रुपमा बेचबिखनका लागी काठमाडौंको मनहरा नगरपालिका–१३ खहरेस्थित झाडीमा लुकाएर राखेको ३३ वटा कछुवा प्रहरीले फेला पारको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले झाडिमा कार्टुनभित्र लुकाएर राखेको ठुलो परिणामको कछुवा भेट्टाएको हो । तिमध्ये ५ वटा कछुवा कार्टुनभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बुधवार साँझ फेला परेको कछुवा जिल्ला बन कार्यालय काठमाडौंबाट खटिएर आएका कर्मचारीको जिम्मामा उपचारका लागी सदर चिडीयाखाना जावलाखेल पठाईएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप