बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सहमतिमा यौन सम्पर्कपछि बलात्कारको उजुरी ?

बिहीबार, २० जेठ २०७३, १७ : ४५
बिहीबार, २० जेठ २०७३
गुल्मी–गुल्मीको सदरमुकाम तम्घासमा एक किशोरीलाई वलात्कार गरेको अभियोगमा गुल्मी अमरपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ । अमरपुर ३ का २१ व्र्षिय वालकृष्ण लम्साललाई प्रहरी हिरासतमा राखिएको हो । निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षिया किशोरीले जवर जस्तीकरणी गरेको किशोरीले उजुरी दिए पछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रम्ख एसपी भोला रावलले बताए । बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्ती करणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । श्रोतका अनुसार उनिहरुबीच सुरुमा राजीखुशीमा यौनकार्य भएको तर पछि आपसी विवादपछि युवतीले बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप