बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यूएईमा नेपालीद्वारा आत्महत्या

बिहीबार, २० जेठ २०७३, १७ : ४७
बिहीबार, २० जेठ २०७३
यूएई- सयुक्त अरब इमिरेट्सको फुजैराहमा एक नेपालीले अात्महत्या गरेका छन्। रुपन्देही देवदह नगरपालिका,९ बिशाल नगरका हिमाल बोहोराले अात्महत्या गरेका हुन्। रोजगारीको क्रममा बिगत ५ बर्ष देखि फुजेराको ताज महल रेस्टुरेन्टमा कार्यरत बोहोराले गत बिहिबार अाफ्नै कोठामा झुण्डिएर देह अन्त्य गरेका थिए। ३१ वर्षीय बोहोराले कोठामा सँगै बस्ने साथीहरु काममा गएको बेला अाफ्नै कोठाको पंखामा झुण्डिएर देह समाप्त गरेका थिए। अाँउदो ६ तारिक नेपाल फर्कने तयारीमा रहेको हिमाल कहिल्यै नफर्कने गरी सदाको बिदा भए। आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसके पनि मानसिक तनाबका कारण आत्माहत्या गरेको हुन सक्ने बताईएको छ । हाल उनको मृत शरीर पोस्ट मार्टमको लागि फुजैरा अस्पतालमा राखिएको छ ।मृतक हिमालको श्रीमती सहित २ छोरा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप