बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा नौको मृत्यु

बिहीबार, २० जेठ २०७३, १८ : ५१
बिहीबार, २० जेठ २०७३

पाँचथर–जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो ।

सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् । च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप