बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चावहिल–जोरपाटी–साँखु सडक विस्तार सुरु

बिहीबार, २० जेठ २०७३, १८ : ५८
बिहीबार, २० जेठ २०७३

काठमाडौँ– काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि केन्द्रबाट दायाँबायाँ दुवैतिर ११/११ मि सडक सीमा चिह्न लगाउने काम सम्पन्न गरेको छ ।

साविकबाट दायाँबायाँ दुवैतिर सडक बढाउन चिह्नबीचका संरचना हटाउन स्थानीयवासीलाई सूचना दिने उद्देश्यले महानगरपालिका एवम् नगरपालिकाले माइकिङ सुरु गरेको प्राधिकरणले जनाएको छ ।

हाल केन्द्रबाट दायाँबायाँ दुवैतिर ९/९ मि रहेको चावहिल–जोरपाटी–साँखु मूल सडकलाई दुवैतिर ११/११ मि बढाई २२ मि को सडक बनाउन लागिएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले राससलाई जानकारी दिए ।

विसं २०४५ माघ १३ गतेको ‘गोरखापत्र’ दैनिकमा तत्कालीन काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समितिले सूचना प्रकाशित गरी केन्द्रबाट दायाँबायाँ दुवैतिर ११/११ मि छोड्न जानकारी गराइएको प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित गरेर जानकारी गराएपनि त्यसबेला कार्यान्वयन भएको थिएन ।

यो सूचना कार्यान्वयन नभएपछि विसं २०४५ देखि नै उपत्यकामा अव्यवस्थित घर थपिएको आयुक्त तिवारीले बताए ।

“सरकारले सडक मापदण्ड विसं २०४५ साउन २९ गते बनाइएको हो । राजमार्ग र चक्रपथमा केन्द्रबाट दायाँबायाा दुवैतिर २५/२५ मि, यसबाहेकका मूल सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतिर ११/११ मि कायम गरेको हो, यही मापदण्डअनुसार अहिले हामी सडक बढाउँदैछौँ”–उनले भने ।

चावहिल–जोरपाटी–साँखु करिब १४ किमी सडकमा चिह्न लगाई स्थानीयवासीलाई संरचना भत्काउन अनुरोध गरिएको छ । संरचना नभएका खाली स्थानमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बाटो बढाउने काम सुरु गरेको छ । सरकारले मापदण्ड तोक्नुअघि निर्माण भएका संरचनाका धनीलाई मुआब्जा दिइने प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप