बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुरानो बानेश्वरमा भत्काउँदा भत्काउँदै घर ढल्यो, चार घाईते

बिहीबार, २० जेठ २०७३, १९ : ०६
बिहीबार, २० जेठ २०७३

काठमाडौं– राजधानीको पुरानो बानेश्वर र भीमसेना गोलाको बीचमा रहेको पुरानो घर भत्काउने क्रममा एक बटुवासहित चार मजदुर घाईते भएका छन् । मुल सडकसँगै जोडिएको जिवन श्रेष्ठको घर भत्काउने कार्यमा संलग्न रामेछापका शुक्रराज तामाङ, रेशम बलामीमगर र बाबु घिसिङ घाईते भएका हुन् ।

अचानक घर भत्किएपछि बाटो हिँडिरहेका ६५ वर्षीय वृद्ध नगेन्द्र खड्का समेत घाईते भएको प्रहरीले जनाएको छ । खड्का बिजयचोक बस्दै आएका थिए । महानगरीय प्रहरी वृत गौशलाका डिएसपी नवराज कार्कीका अनुसार घाइेतहरुमध्ये रेशम बलामी मगर र बावु घिसिङको सिनामंगलस्थित नोवेल अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै शुक्रराज तामाङ र नगेन्द्र खड्काको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । डोजरले खनेर हेर्दा भवनमा कोही पुरिएको नभेटिएको डिएसपी कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप