बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

बिहीबार, २० जेठ २०७३, १९ : १९
बिहीबार, २० जेठ २०७३

पर्वत– हुवास गाविस–३ हातेमालो चोकबाट त्रिवेणी गाविसको अर्थुङ्गेतर्फ जाँदै गरेको ट्र्याक्टर आज दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ढुङ्गा बोकेर अर्थुङ्गे जाँदै गरेको ग१त १८२९ नं को ट्र्याक्टर त्रिवेणी गाविस–९ हुलाकेटोलस्थित कच्ची सडकबाट करिब पाँच मि तल खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा उरामपोखरा–५ पर्वतका २१ वर्षीय ट्र्याक्टर चालक वीरबहादुर नेपाली र स्याङ्जा विर्घा गाविस घर भई पर्वतको टकलाक बस्ने २२ वर्षीय सुरज विक रहेका छन् ।

दुर्घटनामा परी हुवास गाविस–३ का निखित गन्धर्व र टकलाक–१ का अर्जुन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि स्याङ्जाको वालिङ पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप