बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चक्रे मिलन बने इन्टरनेशनल क्योकुशिनकाई करातेको अध्यक्ष

बिहीबार, २० जेठ २०७३, १९ : २८
बिहीबार, २० जेठ २०७३

काठमाडौँ – नेपाल इन्टरनेशनल क्योकुशिनकाई करातेँ (आइकेकेएफ) सघंंको पहिलो साधारणसभा तथा निर्वाचनले मिलन गुरुङ ‘चक्रे मिलन’अध्यक्षसहित कुल २२ सदस्ययी कमिटिलाई निर्विरोध चयन गरेको छ ।

पानीपोखरीमा भएको सभाले रामकृष्ण पहारी (आरके पहारी श्रेष्ठ)लाई वरिष्ठ उपाध्यक्ष तथा चार उपाध्यक्षमा राजिव महर्जन, राजेन्द्र प्रजापति, प्रेम बहादुर तामाङ र जीवनभक्त नकर्मीलाई सर्बसम्मत चयन गरेको हो ।

सघंको ४ वर्षे कार्यकालको लागि प्रेमनाथ महर्जन महासचिव, सचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षमा अजय मानन्धर चयन भएका हुन् । सघंको सदस्यहरुमान श्यामकृष्ण खड्गी, सुर्य लामा, महेश खड्गी, सन्तोष श्रेष्ठ, तिर्थलाल श्रेष्ठ, निर्मलराज गिरी, निमा नोर्बू शेर्पा, राजेन्द्र प्रसाद नेपाल, शम्भू श्रेष्ठ, राजेन्द्र डगोंल, राजेश कुमार क्षेष्ठ, आशिष कुमार श्रेष्ठ र गणेश प्रसाद चौधरी निर्वाचित भएका हुन् ।

सघंका नवनिर्वाचित अध्यक्ष मिलन गुरुङले आगामी ६ महिनाभित्रै राष्ट्रियका साथै अन्र्तर्राष्टिय प्रतियोगिता गराउने बताए । साथै गुरुङले यस करातेँलाई नेपालका विभिन्न क्षेत्रहरुमा विकास तथा विस्तार गर्दै जुनियर स्तरका खेलाडी उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप