बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धताको खाँचो’: उपप्रधानमन्त्री मैनाली

बिहीबार, २० जेठ २०७३, २२ : ४१
बिहीबार, २० जेठ २०७३
काठमाडौँ– उपप्रधानमन्त्री सिपी मैनालीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दक्षिण एसियाली देशको सामूहिक प्रतिबद्धता हुनुपर्ने बताएका छन् । दक्षिण एसियाका क्षेत्रका बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कार्यरत संस्था (साइभाक), महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत दक्षिण एसियाका मानवाधिकारवादी संस्थाको आयोजनामा आज यहाँ भएको ‘बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता’विषयको सार्कस्तरीय गोष्ठीमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री मैनालीले दक्षिण एसियाली क्षेत्रकै मुख्य समस्याका रुपमा रहेको बालविवाह लगायत सामूहिक समस्यासँग जुध्न ऐक्यबद्धताको खाँचो औंल्याए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सामूहिक पहल गर्न गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा सार्कसम्बद्ध आठ राष्ट्रका ७४ मानवअधिकारकर्मी तथा बालअधिकारकर्मीको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप