बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फिफा बरियतामा नेपाल दुई स्थान तल

बिहीबार, २० जेठ २०७३, २२ : ४३
बिहीबार, २० जेठ २०७३
काठमाडौँ– विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ । फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ । दक्षिण एसियाली मुलुकहरू भारत १६३ औँ स्थानमा रहेर दक्षिण एशियाको शीर्ष स्थानमा पुगेको छ । यसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औँ स्थानमा पुगेको छ । त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ औं, १८९औँ र १९२ औँ स्थानमा छन् । त्यस्तै दक्षिण एशियाबाट छुट्टिएर मध्यएशिया फुटबल फेडेरेसनमा आबद्ध भएको अफगानिस्तान १५६ औँ स्थानमा छ । विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत् छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौँ स्थानमा छन् । छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अस्ट्रिया छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप