मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ग्रामीण पर्यटन विकाशको आधार सामुदायिक होम स्टे

शुक्रबार, २१ जेठ २०७३, १६ : ५९
शुक्रबार, २१ जेठ २०७३

भक्तपुर – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय ग्रामीण पर्यटन कार्यशालाका सहभागीले सार्क मुलुकको विकाशको लागि ग्रामीण पर्यटन क्षेत्रले महत्वपूर्ण हुने बताएका छन् ।

(सार्क) स्तरीय ग्रामीण पर्यटन कार्यशालाका पश्चात सहभागीहरुले शुक्रबार भक्तपुरको नगरकोट सामुदायीक होम स्टे बास्तोला गाउँको अवलोकन गर्दै उक्त धारणा राखेका छन् ।

दक्षिण एसियाली मुलक भारत, पाकिस्तान, भुटान लगायतका मुलुकबाट आएका प्रतिनिधीहरुले आफ्नो देशमा रहेका धार्मिक सांस्कृतिक एवम् ऐतिहासिकस्थलको संरक्षण गरी घरबास पर्यटनको विकास गर्ने तरिका एकापसमा साटासाट गरेका छन् ।

बास्तोला गाउँमा १३ घरधुरीलाई होमस्टे सञ्चालन भएको र भुकम्पको कारण अहिले केही घरमा सेवा दिन नसक्ने अवस्था नभएको नगरकोट सामुदायिक होमस्टका अध्यक्ष सुरज बास्तोला रातोपाटीलाई जााकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप