बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झगडामा हतियार प्रयोग गर्दा गम्भीर घाइते

शनिबार, २२ जेठ २०७३, ०७ : ५५
शनिबार, २२ जेठ २०७३

पर्वत – धारिलो हतियारले आक्रमण गर्दा शुक्रबार साँझ दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको गाविस–९ स्थित मानसिक अवस्था ठीक नभएको ४२ वर्षीय लिलबहादुर गुरुङले धारिलो हतियार र ढुङ्गा प्रहार गर्दा सोहि ठाउँका २४ वर्षीय अशोक गुरुङ गम्भीर घाइते भएका छन् ।

धारिलो हतियार लागेर घाइते भएका अशोकले प्रतिकार गर्दा लिलबहादुरसमेत सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते लिलबहादुरको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते अशोकलाई प्रहरीको निग्रानीमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप