बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

च्याउ खाँदा एकको मृत्यु चार बिरामी

शनिबार, २२ जेठ २०७३, ०७ : ५७
शनिबार, २२ जेठ २०७३
पर्वत- दक्षिण पर्वतको भोर्ले गाविसमा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु भएको छ । जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएको केही बेरपछि भोर्ले–४ हिले का ६५ वर्षीय देउबहादुर थापाको गए राति १० बजे मृत्यु भएको हो । त्यस्तै उनकी छोरी १८ वर्षीया लक्ष्मी थापा, १५ वर्षीया प्रतिमा थापा, १४ वर्षीया ललिता थापा मृतक थापाकी बुहारी ३५ वर्षीया कोपिला थापा गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि वालिङ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जङ्गलमा पाइने च्याउ परीक्षण नगरिकनै पकाएर खाएकाले वृद्धको मृत्यु भएको र अन्य चार जना बिरामी परेको प्रहरीले अनुमान गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप