बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

देखिन थाले हिमाली जटायु

शनिबार, २२ जेठ २०७३, ०८ : ०३
शनिबार, २२ जेठ २०७३
म्याग्दी– म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु –गिद्ध) देखिन थालेका छन् । विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका धु्रव पाइजाले जानकारी दिए । लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’ मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम आचार्यले जानकारी दिए । जिल्ला पशुसेवा कार्यालय र नेपाल पक्षी संरक्षण सङ्घको प्रयासमा गत साल २५औँ जिल्लाको रुपमा म्याग्दीलाई ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणा गरिएको थियो । जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायतका ठाउँमा हिमाली जटायु देखिन थालेको र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र कुनै अभिलेख नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप