बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लोकदोहोरी प्रतिष्ठान युरोप शाखाको अधिबेशन पेरिसमा हुदै

शनिबार, २२ जेठ २०७३, ०८ : १८
शनिबार, २२ जेठ २०७३
पेरिस–नेपालमा लोकदोहोरीसंग सम्बन्धित एकमात्र छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको यूरोपमा गठन भएको शाखाको प्रथम अधिबेशन यहि जून २६ फ्रान्सको शहर पेरिसमा हुने भएको छ l नेपाली गीतसंगीत बिशेष गरि लोकदोहोरीलाइ विश्वमा प्रचार तथा प्रबर्धन गर्ने उधेश्यका साथ गठन भएको युरोप शाखाको तदर्थ समितिको अधिबेशन हुन लागेको हो ! उक्त अधिबेशनले आगामी तिन बर्षको लागि पदाधिकारीहरुको चयन गर्ने छ l गैर आवासीय नेपाली संघ फ्रान्सको संयोजनमा अधिबेशनको साथमा बिबिध सांस्कृतिक कार्यक्रम पनि राखिएको महासचिब शिब सुबेदीले बताउनु भयो l कार्यक्रममा गैर आवासीय नेपाली संघका यूरोपमा रहनुभएका विभिन्न पदाधिकारीहरुको समेत सहभागिता रहने छ l नेपालमा ४० भन्दा बढी जिल्लामा शाखा बिस्तार भएको प्रतिष्ठानको युरोप शाखा बाहेक यूकेमा पनि शाखा गठन भएको छ l स्मरण रहोस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिबेशन यहि असोजमा काठमाडौँमा सम्पन्न हुदैछ l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप