बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विप्लव माओवादीमा तीन नेता पार्टीबाट निष्काशित

शनिबार, २२ जेठ २०७३, ०८ : २३
शनिबार, २२ जेठ २०७३

नवलपरासी  - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी नवलपरासीले पार्टी नीति विपरित चलेको भन्दै आफ्ना तीन जिल्ला सदस्यलाई पार्टीबाट कारबाही गरेको बताएको छ ।  पार्टीको आफ्नो जिम्मेवारी पुरा नगरी निष्कृय रहेको भन्दै जिल्ला सदस्य शिव चापागाई, सत्यनारायण भुषाल र जुद्ध बहादुर दराई लाई पार्टीबाट निष्काशन गरिएको हो । जिल्ला सेक्रेटरी जुझारुद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पछिल्लो समय पार्टीको नीति विपरित अनैतिक एवं अराजनैतिक आचरण र गतिविधि गरेको पाईएकोले आजैका मिति देखी पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गराईएको भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप