बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त 

शनिबार, २२ जेठ २०७३, ०८ : २५
शनिबार, २२ जेठ २०७३
वाशिंगटन डिसी -गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व  अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् l 
 
 
केसीलाई  म्यासाचूसेट्स राष्ट्र मण्डल गभर्नर को कार्यालयले गत जुन १ तारिख देखि लागु हुने गरि उक्त पदमा नियुक्त गरेको छ l उनलाई म्यासाचूसेट्स राष्ट्र मण्डल का गभर्नर चार्ल्स डि बेकरले उक्त आयोगका सदस्य पदमा मनोनित गरेका हुन् l 
 
बिभिन्न संघ तथा संस्था तथा सामाजिक सेवामा आफ्नो योगदान पुर्याएका केसी बिगत ३५ बर्ष देखि अमेरिकामा परिवार सहित बोस्टनमा बस्दै आएका छन् l उक्त नियुक्त पत्रमा केसीलाई आफ्नो उत्तरदायी बहन सुरु गर्नु अगाडी सपथ ग्रहण गर्नै पर्ने जनाएको छ l 
 
सरकारका गभर्नर प्रतिनिधि क्यारिन ई पोलिटो तथा चार्ल्स दि बेकरले म्यासाचूसेट्स राष्ट्र मण्डलमा केसीको सेवा गर्ने राजीखुसी मा कदर गर्ने  उक्त नियुक्त पत्रमा उल्लेख छ l 
 
एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भए पछि केसीले खुसि व्यक्त गर्दै आफ्नी जीवन संगिनी पत्नी तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् l 'हामी अवसरको भुमि अमेरिका आएका छौ l हामी केवल दालभातमा मात्र समय खेर फाल्नु हुदैन', केसीले भने, 'अब नेपाली समुदायको जन घनत्व बढ्दै गएकोले हामी मुलधारमा अब जानु पर्छ l' 
 
यहाँको सरकार संग मिलिजुली काम गर्दै नेपाल र नेपालीलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तित रहेको बताए l यहाँबाट के कुरा नेपाललाई दिने हो भन्ने बिषयमा आफु केन्द्रित रहेको बताए l 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप