बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ जाजरकोटको शैक्षिक सुधार

शनिबार, २२ जेठ २०७३, ०८ : ३५
शनिबार, २२ जेठ २०७३

जाजरकोट –विगतका वर्षहरुमा यहाँका विद्यालय उमेर समुहका वालवालिकाहरु विद्यालयमा नभएर डोल्पाका विभिन्न यार्सागुम्वा पाटनमा भेटिने गर्दथे । शिक्षकहरु पनि यार्सागुम्वाको व्यापार गर्न डोल्पाकै पाटनमा भेटिने गरेको तितो यर्थाथ रहेको थियो । यसपाली भने जाजरकोटका सामुदायिक विद्यालयमा विद्यार्थी,शिक्षक डोल्पाको यार्सागुम्वा संकलन गर्ने पाटनमा होईन, दैनिक शिक्षा आर्जन गर्ने थलो विद्यालयमा भेटिने गरेका छन् । झोलामा चिउरा,चाउचाउ, अनि हातमा यार्सागुम्वा निकाल्ने कुटो नभएर किताव र कलमका साथ विद्यालयमा भेटिएका छन् । यो सवै जाजरकोटका स्थानियहरुको गरिवी हटेर नभई जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय, यसका मातहातमा रहेका प्रहरी चौकीको ‘विद्यार्थीलाई यार्सापाटन होईन विद्यालयमा पढ्न जाँन वाध्य पार्ने विशेष योजना’ले गर्दा भएको हो । यो पटक शिक्षकको यार्सागुम्वाको व्यापार पनि भएन, विद्यार्थीहरुको यार्सागुम्वा विक्री गर्ने योजना पनि सफल भएन । सम्झौता भयो त शिक्षा दिने र लिने मात्र । राज्यको लगानी गरेको करोडौ रकम खेर जाँन नदिन र वालवालिकाको पढ्न पाउने अधिकार हनन हुन नदिन जिशिका र प्रहरीको अभियानले गर्दा जाजरकोटका विद्यालयमा अहिले विद्यार्थीहरुको उपस्थीर्ती वाक्लो रहेको छ । यहाँको प्रहरीले विद्यालय उमेरका वालवालिकालाई डोल्पाका यार्सा पाटनमा पठाएर वालश्रम गरेको पाईएमा कारवाई गर्ने वताएपछि अभिवावकलाई आफ्ना छोरा ,छोरीलाई विद्यालयमा पठाउन दवाव परेको हो । डोल्पा जाने मुख्य नाकामा रहेका प्रहरी चौकीहरुमा डोल्पा यार्सागुम्वा संकलनका लागी जाने विद्यालय उमेरमा वालवालिकालाई रोकेर घर फिर्ता गर्ने अभियान समेत प्रहरीले चलाएको छ । सदरमुकाम भित्रने, वाहिरीने नाँका समेत प्रहरीले जाजरकोटका शिक्षकहरुलाई निगरानी गर्ने गरेको छ । प्रहरीले सदरमुकाम आउने, अनि सदरमुकाम देखी वाहिरीने शिक्षकको विदा समेत हेर्ने गरेको छ । विदामा रहेको शिक्षकको नाम कार्यालयमा राख्ने र वढी विदामा वसेको थाहा पाएमा तलव समेत काट्न जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउने गरेको छ । विदा नलिएर आफुखुसी विद्यालय छाडेर व्यक्तीगत काममा जाने शिक्षकलाई तत्काल प्रहरीले जिल्ला शिक्षा कार्यालयमा वुझाउने गरेको प्रहरी प्रमूख दानवहादुर मल्लले जानकारी दिए । त्यस्तै जिल्लाका सवै विद्यालयमा गएर शिक्षकहरुको हाजिर समेत हेर्ने प्रहरीले वताएको छ । जिल्ला शिक्षा कार्यालयले गृहमन्त्री शक्तीवहादुर वस्नेतको उपस्थितीमा २०७३ लाई शैक्षिक सुधार वर्ष घोषणा गरे लगत्तै यस्तो कदम चालेको छ । जिल्लाको शैक्षिक सुधार र कामचोर शिक्षकलाई तह लगाउन जिल्ला शिक्षा कार्यालयले यस्तो अभियान चलाउन वाध्य भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । यार्सागुम्वा संकलन गर्ने सिजनमा यहाँका अधिकां विद्यार्थीहरु डोल्पा जाँने गरेका कारण वैशाख,जेठ र असार १५ सम्म वर्षेनी पढाई रोकिदै आएको थियो । यो वर्ष देखी सरोकारवाला निकायको निरन्तर खवरदारी,दवावका कारण अहिले यहाँका विद्यालयमा निरन्तर पढाई जारी रहेको छ । यो वर्ष देखी जिल्ला शिक्षा कार्यालयले जनताहरुको घर दैलोमा पुगेर शिक्षा क्षेत्रका गुनासो सुन्ने अभियान थालेको छ । जनताका गुनासा सेनेर आवश्यक कदम जिल्ला शिक्षा कार्यालयले चाल्ने गरेको छ । जनताको घरदैलोमा गरिएको अन्तरक्रिया जिल्लाका सामुदायिक रेडियोवाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था समेत मिलाएको छ । शिक्षक छनोट गर्दा स्रोत केन्द्रमा हुँने परिक्षाहरु जिल्ला शिक्षा कार्यालयम गर्ने व्यवस्था मिलाएको छ । वाहिर परिक्षा गर्दा अनियमितताका गुनासा आउन थालेपछि कार्यालयमा परिक्षा गर्ने व्यवस्था मिलाएको जिशिअ सिंहले बताए । यो भन्दा अगाडी विद्यालयमा नियमित नपढाउने १ सय ५० भन्दा वढी शिक्षकको तलव समेत जिल्ला शिक्षा कार्यालयले काट्ने तयारी गरेको छ । शिक्षा विभागमा ६ वर्ष देखी विद्यालयमा नपढाएर तलव खाने शिक्षकलाई कारवाईका लागी सिफारिस समेत गरी पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप