बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चट्याङले बालकको ज्यान गयो

शनिबार, २२ जेठ २०७३, ०९ : ०६
शनिबार, २२ जेठ २०७३
म्याग्दी – पश्चिम म्याग्दीको देविस्थान गाविसमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । देविस्थान ८ रुन्मामा शुक्रबार साँझ परेको चट्याङ्ले लागेर स्थानीय १० वर्षिय दिपक फगामीको मृत्यु भएको हो । छिमेकी मनप्रसाद फगामीको घरमा खेल्न गएका दिपकको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दा ओमबहादुर पुनले जानकारी दिए । चट्याङ लागेर मनप्रसाद फगामीको घरमा पालेको बाख्रा पनि मरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप