बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

८३ वर्षको उमेरमा नागरिकता पाउँदा...

शनिबार, २२ जेठ २०७३, १० : ५४
शनिबार, २२ जेठ २०७३

उदयपुर– सरकारी सेवाबाट बञ्चित रहेका जनतालाई गाउँगाउँमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय उदयपुरले एकिकृत घुम्ति शिविर सन्चालन गरेको छ । प्रशासनले जिल्लाको पञ्चावती गाविसको नेपालटारमा शुक्रबारदेखि दुईदिने शिविर सन्चालन गरेको हो । पञ्चावती, भलायडाँडा, डुम्रे र रौता गाविसलाई लक्षित गरी शिविर सन्चालन भएको हो । शिविरमा जिल्लास्थित सरकारी कार्यालयले निःशुल्करुपमा सेवा प्रदान गरेका छन् ।

शिविरमा सेवा लिन गाउँगाउँबाट जनताहरुको उल्लेख्य सहभागिता रहको छ । जनताहरुबाट नागरिकता बनाउन निकै जनताको छुटेको गुनासो आएकोले शिविर सन्चालन गरेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताए । शिविरमा भलायडाँडा गाविसको वडा नं. ३ की ८३ बर्षिय बृद्धा मकमाया राईले नागकिता पाएकी छिन । श्रीमान् अपाङ्ग भएकाले जिल्ला जान नसकेर नागरिकता बनाउन नसकेको अवस्थामा शिविर आएर सजिलो भएकोमा उनले खुसी ब्यक्त गरिन् । यस्तै पञ्चावती गाविस वडा नं. ४ की ७० बर्षिया बृद्धा विगमाया मगरले पनि नागरिकता लिने अवसर पाइन् ।

प्रशासनले नागरिकता प्रमाणपत्र, प्रहरीले शान्ति तथा सुरक्षा सचेतना, ट्राफिकले ट्राफिक सचेतना, कृषिले विउविजन वितरण तथा माटो परिक्षण, अस्पतालले विरामी चेकजाँच तथा औषधि वितरण, महिला तथा बालबालिका कार्यालयले अपांग परिचय पत्र, वन कार्यालयले विरुवा वितरण, घरेलु तथा सानो उद्योग विकास समितिले उद्यम प्रबद्र्धन सम्बन्धी जानकारी लगायतका सेवाहरु उपलब्ध छन् । पहिलो दिनमै नागरिकता दुईसय ४३ वटा वितरण भएको र अन्य सेवाहरु पनि उल्लेख्यरुपमा प्रवाह भएको जनाईएको छ । शिविरमा चारै गाविसको विकट गाउँहरुबाट समेत सेवाका लागि आउने क्रम जारी रहेको छ । गाउँमा शिविर सन्चालन हुनाले जनतालाई ठूलो सुविधा मिलेको स्थानीय नेता गोपाल खत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप