बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अस्ताए बक्सिङका बादशाह

शनिबार, २२ जेठ २०७३, ११ : ०७
शनिबार, २२ जेठ २०७३

न्युयोर्क–बक्सिङ खेलका बादशाह भनेर चिनिने महोमद् अलीको ७४ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन नामक रोगसँग लड्दै गर्दा उनको निधन भएको हो । उनी अमेरिकाको अरिजोनास्थित एक अस्पतालमा उपचाररत थिए । शुक्रबार बेलुकी सास फेर्न अफ्टेरो भएपछि परिवारले उनलाई अस्पताल लगेको थियो । बक्सिङ खेलको इतिहासमै अली सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । यसबाहेक काला जातिहरुको हक अधिकारको रक्षार्थ ओलम्पिक मेडललाई खोलामा फाल्न समेत तयार भएका अली विश्व खेलकुदकै अनुकरणीय व्यक्तित्व हुन् । अलीको परिवारले उनको अन्त्यस्टी लुईसभिल्लीमा गरिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप