बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिबार, २२ जेठ २०७३, ११ : १५
शनिबार, २२ जेठ २०७३
लहान–मार्डर–सिरहा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–१६ स्थित सडकमा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका–३ निवासी ६५ वर्षीय शिवनारायण साह रहेको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ । राति ९ बजेतिर ना३८प ६०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते साहको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलका चालक सिरहा नगरपालिका–२ निवासी ३० वर्षीय सुरेन्द्र साह घाइते भएकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप