बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः बादल

शनिबार, २२ जेठ २०७३, ११ : ३७
शनिबार, २२ जेठ २०७३

काठमाडौं– नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य रामबहादुर थापा बादलले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको बताएका छन् । प्रेस सेन्टर नेपालले शनिबार सिन्धुलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्रसँग भएको सहमतिअनुसार एमालेले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सघाउनुपर्नेमा समेत जोड दिए ।

‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, त्यसमा प्रचण्डको नेतृत्वको आवश्यक छ’, उनले भने, ‘ एमालेले माओवादी केन्द्रसँग भएको सहमतिको पालना गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अर्का हेडक्वाटर सदस्य नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको बजेट सकारात्मक भएको बताए ।

पत्रकार सम्मेलनमा सिंचाईमन्त्री उमेश यादवको समेत सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप