बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माओवादीको आँखा मधेसतिर, पूरै हेडक्वार्टर टिम बर्दिबासमा

शनिबार, २२ जेठ २०७३, १२ : ०६
शनिबार, २२ जेठ २०७३

काठमाडौं– नेकपा माओवादी केन्द्रले मधेसलाई उच्च प्राथमिकता दिएर आफ्नो संगठन विस्तार अभियानलाई अघि बढाउने भएको छ । केहि साता पहिले विभिन्न १० माओवादी घटक मिलेर नेकपा माओवादी केन्द्रबनेसँगै उसले मधेसमा आफ्नो संगठन विस्तार अभियानलाई तीब्रता दिन लागेको हो ।

यसै सन्दर्भमा माओवादी केन्द्रले २ नम्बर प्रदेश अन्तर्गत महोत्तरीको बर्दिबासमा एकतापछिको पहिलो प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा सहभागि हुनको लागि केन्द्रका अध्यक्ष प्रचण्डसहित ९ जनाको हेर्डक्वाटर टीम बर्दिबासतर्फ लागेको छ ।

मधेस आन्दोलन अझैं चलिरहेको बेला आफ्नो प्रभाव जमाउने रणनीतिका साथ माओवादी केन्द्र लागिपरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप