बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकता अहिलेको आवश्यकताः प्रचण्ड

शनिबार, २२ जेठ २०७३, १२ : ५६
शनिबार, २२ जेठ २०७३

रामेछाप–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयन र पुनः निर्माणको लागि देशलाई राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा आयोजित क्षेत्र नम्बर २ को प्रशिक्षण कार्यक्रममा सहभागि हुने क्रममा शनिबार रामेछापको सदरमुकाम मन्थली आइपुगेका प्रचण्डले संविधान कार्यान्वयन हुन नसके देशमा ठूलो राजनीतिक र कानूनी खतरा आउनसक्ने समेत बताए । दलहरुबीचको एकताविना संविधान कार्यान्वयन हुन नसक्ने भएकाले मधेसी दलहरुसहितको राष्ट्रिय सहमति र एकता अहिलेको ऐतिहासिक आवश्कता भएको उनको भनाई छ । अहिलेको अवस्था सरकार बनाउने गिराउने समय नभएको भन्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा प्रचण्डले जोड दिए । नाम छुटेको भूकम्पपीडितहरुलाई राहत दिलाउने कुरामा पनि आपूmले पहल गर्ने प्रचण्डले बताएका छन् । रामेछाप जिल्ला हुँदै निर्माण हुने उत्तर पश्चिम राजमर्ग निर्माणमा पनि पहल गर्ने प्रचण्डले प्रतिवद्धता जनाएका छन् । रामेछाप जिल्लाको विकास निर्माणको बारेमा आफ्ना ध्यानाकर्ष भएको भन्दै त्यसको लागि समेत पहल गर्ने प्रचण्डले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप