बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सम्झनामा स्वर्गीय अली : जसले ओलम्पिकको गोल्डमेडल खोलामा फ्याँके

शनिबार, २२ जेठ २०७३, १३ : ०४
शनिबार, २२ जेठ २०७३

अली जन्मले क्रिष्ट्रियन हुन् । बाल्यकालमा अली आफैँले खासै दुख अनुभव गर्नुपरेको थिएन । तर अमेरिकामा कालाजातिमाथि हुने विभेदले उनलाई अन्यायको विरुद्धमा लड्नका लागि पटक–पटक उत्प्रेरित गर्यो । उनले धर्म परिवर्तन गर्नुको कारण पनि यही नै थियो । अलीले सन् १९६४ को रोम ओलम्पिकमा जितेको मेडललाई खोलामा फालेका थिए । उनले यो तथ्यलाई सन् १९७५ मा प्रकाशित आफ्नो आत्मवृत्तान्तमा समेटेका छन् । अलीले भनेका थिए –‘ओलम्पिकको अर्थ सबै विभेदहरु चिर्दै समाजलाई एकतावद्ध बनाउनु हो । तर अझै पनि विश्वमा कालाहरु दोस्रो दर्जाका नागरिक छन् । अझै पनि विश्वमा गरिबहरुले दोस्रो दर्जाको जीवन बाँच्नुपरेको छ । ओलम्पिक केवल सम्पन्न तथा अधिकारप्राप्तहरुका लागि मनोरन्जनको माध्यममात्रै बनेको छ ।’

‘कसैले ५० वर्षको उमेरमा त्यसरी नै संसारलाई बुझ्छ जसरी उसले २० वर्षको छदाँ बुझेको थियो । उसको जीवनका ३० वसन्त खेर गए ।’ यस्तो विचार राख्ने महान् अमेरिकी बक्सर महोमम्द अलीले ७४ वर्षको उमेरमा संसार छाडेका छन् । पार्किन्सन नामक रोगसँग मुक्केबाजी गर्दा गर्दै यी बुढा बक्सरले अमेरिकाको अरिजोनास्थित एक अस्पतालबाट विश्वभरका करोडौँ समर्थकलाई सधैँका लागि गुडबाई गरे । बुढा अली मृत्युअघिसम्म पनि उस्तै तगडा थिए । उनको सोचाई, बुझाई र भोगाईको स्तर निरन्तर परिवर्तन भइरह्यो । तर परिवर्तन भएनन्, उनका महान् विचार । अलीले बक्सिङ खेलबाट सन्यास लिएपछिको झन्डै ३ दशकको बाँकी समय समाजसेवामा लगाए । आफ्ना विचारोत्तेजक अभिव्यक्तीका कारण पनि अली सधैँ चर्चामा आइरहन्थे । जीवन पर्यन्त उनी काला जातीको हकअधिकारका विषयमा सचेत रहिरहे । ‘कहिल्यै दिनहरु नगन बरु दिनहरुले तिमीलाई गनून्’ भन्ने मान्यता राख्थे अली । उनले भनेझैँगरी उनले सफलता हासिल गरेका प्रत्येक तारिख समर्थकहरुले अलीको नामले संझनेछन् । जीवनको अन्तिम समयसम्म पनि उनले मृत्युसँग डर मानेनन् । तर पटक–पटक मृत्यु नजिक पुगेर पनि बाँचेर फेरि उल्लासमय जीवनलाई आत्मसात् गरेका अली यसपटक कहिल्यै नफर्कनेगरी बिदा भए । बक्सिङका बादशाह जसरी फुटबल खेललाई पेले र म्याराडोनाले विश्वका करोडौँको ढुकढुकी बनाए । सचिन तेन्दुलकरले क्रिकेट खेल्नका लागि थुप्रैलाई प्रेरित गरे । माइकल सुम्याकरले फर्मुला वान र रोजर फेडेररले टेनिसको ग्ल्यामरलाई संसारभर छरे । त्यसरी नै सिमित व्यक्तीको रोजाईमा पर्ने बक्सिङ खेललाई विश्वव्यापी बनाउने श्रेय महोमद्ध अलीलाई जान्छ । उनले आफ्नो समयमा खेलेका ६१ खेलमध्ये केवल ५ खेलमात्रै हारे । ५६ खेल जित्ने क्रममा उनले त्यतिबेलाका सबै हेभिवेट बक्सरहरुलाई रिङमा ढालेका थिए । क्यासियुस मर्सिलस क्ले जूनियर हो अलिको वास्तविक नाम । उनको जन्म सन् १९४२ मा अमेरिकामा भएको थियो । अमेरिकामा कालामाथि हुने गरेको दमनको अनुभव सानैदेखी गरेका क्ले बच्चैदेखी विद्रोही स्वभावका थिए । १२ वर्षको छदा“ साइकल चोरी हुन लागेको देखेपछि उनी चोरमाथि जाइलागे । पुलिस अफिसरले बयान लिदा“ उनले चोरलाई नछाड्ने बताए । त्यसपछि पुलिस अफिसरले उनलाई कसैमाथि आक्रमण गर्नुअघि राम्ररी बक्सिङ हान्ने तरिका जान्नुपर्ने संझाए । त्यसपछिको चार वर्ष उनले चर्चित बक्सर चुक बोडाकस“ग प्रशिक्षण लिए । उनले दुईवटा राष्ट्रिय गोल्डेन गोल्भ्स उपाधिसहित एम्योचोर एथलेटिक युनियनको राष्ट्रिय उपाधि जिते । सन् १९६० को रोम ओलम्पिकमा क्लेले लाईट हेविवेटतर्फ स्वर्ण जिते । ६ फिट ३ इन्ज अग्ला क्ले पोल्याण्डका विगन्यु पिटरस्जकोवोस्कीलाई हराउ“दै स्वर्ण जित्न सफल रहे । त्यसपछि उनलाई अमेरिकामा नायकका रुपमा लिइयो । सन् १९६३ मा हेनरी कुपरलाई हराउ“दै उनी ब्रिटिस हेविवेट च्याम्पियन बने । त्यसको एक वर्षपछि उनले सनी लिस्टनलाई हराउँदै विश्व हेभिवेट च्याम्पियनसिप जिते । बक्सिङ जगत्मा क्ले र लिष्टनबीचको यो भिडन्त सर्वाधिक चर्चित, विवादस्पद र रोमान्चक भिडन्तमध्ये एक हो ।

कहिल्यै नझुक्ने स्वभाव र प्रतिबन्ध विश्व हेभिवेट च्याम्पियन बनेपछि क्लेले एकाएक धर्म परिवर्तन गरे । उनले आफू कट्टर मुस्लिम बनेको घोषणा गर्दै नयाँ नाम राखे महामेद्ध अली । हेविवेट जितेको तीन वर्षपछि अमेरिकी सेनाका जागिरे अलिले भियतनाम युद्धमा सहभागि नहुने घोषणा गरेर अर्को तहल्का पिटे । सन् १९६७ मा भएको अमेरिका र भियतनामबीचको युद्धताका उनले भियतनामीहरुले आफुलाई कहिल्यै निग्रो नभएको भन्दै उनीहरु विरुद्ध नलड्ने उद्घोष गरेका थिए । एउटा असामान्य खेलाडी हुदाँहुदैँ पनि सैनिकका रुपमा सामान्य जागिरे रहेका अलीको घोषणालाई त्यतिबेला पुरै विश्वले आश्चर्यका रुपमा हेर्याे । काला जातिका पक्षमा आन्दोलन गरिरहेका अमेरिकी लोकप्रिय नेता मार्टिन लुथर किङ अलीको यस्तो घोषणापछि निकै प्रभावित भए । उनले सार्वजनिक भाषणमै भनेका थिए –‘हरेक फरक विचार राख्ने व्यक्ति अमेरिकामा दमनको शिकार भएको छ । यस्तो परिस्थितीबीच महोमद्ध अलीले आफ्नो धर्मका लागि जे गरे त्यो सही छ ।’ अमेरिकामा काला जातिहरुले अधिकार खोजिरहेका बेला अलीलको निर्णयले मार्टिन लुथर किङ लगायतका नेताहरुलाई सघाउ पुर्याएको थियो । त्यसैले अलीको यस्तो निर्णयपछि तत्कालिन सरकारले उनीविरुद्ध देशदोहको मुद्धा चलायो । अलिले जितेका बक्सिङ उपाधिहरु खोसियो र उनलाई बक्सिङबाट निलम्बन गरियो । उनीमाथि १० हजार अमेरिकी डलर जरिवाना र ५ वर्षको जेलसजाय सुनाइयो ।

अदालतको फैसलापछि रिङमा पुनरागमन , लगातार तीनपटक हेभिवेट च्याम्पियन सन् १९७० बाट उनले रिङमा फर्कन पाउने भए । ३ वर्षसम्म रिङ बाहिरै रहेका अलीलाई जर्जियामा कुनै बक्सिङ कमिशन नभएको कारण देखाउँदै अदालतले प्रतिबन्धबाट फुकुवा गर्यो । प्रतिबन्धपछि अलीको बक्सिङ करियर सकिएको अनुमान धेरै गरे । तर उनले सन् १९७० को भिडन्तमा जर्ज फ्राजियरलाई कडा चुनौती दिए । फाइट अफ दि सेन्चुरी नाम दिइएको भिडन्त १५ राउन्डसम्म चल्यो त्यसपछि अलिलाई नकआउट गर्दै फ्राजियर च्याम्पियनसिप जित्न सफल रहे । सन् १९७४ मा भएको रिम्याचमा अलिले फ्राजियरलाई हराए र बदला लिए । रम्बलर इन द जंगल नामक अलि र जर्ज फोरम्यानबीचको भिडन्तमा बुढा अली रिङमा गर्जिए । यसपटक फोरम्यानलाई हराउदै अलि हेविवेट च्याम्पिन बने । सन् १९७५ मा अलि र जोय फ्राजियरबीच फिलिपिन्सको मनिलामा अर्को ऐतिहासिक भिडन्त भयो । १४ राउन्डभन्दा बढी चलेको भिडन्त अन्नत अलिले जिते । सन् ७० को दशकको अन्त्यसम्म आइपुग्दा अलि केही थकित देखिन्थे । उनी लियाने स्पिन्क्स र ल्यारी होल्मेसस“ग पराजित भए । व्यवसाहिक बक्सिङबाट सन्यास लिएपछि अलि समाजसेवा र मानवअधिकारमा सक्रिय रहे । समाजसेवामा सक्रियता सन् १९८४ यता महोमद्ध अलि पार्किन्सन सेन्टरका नामबाट करौडौ संकलन गरेका अलिले त्यो पैसालाई समाज सेवामा लगाए । अलिले भोक र रोगबाट ग्रसित व्यक्तिहरुको सेवा गर्ने क्रममा विश्वका थुप्र देश चहारे । सन् १९९८ मा उनी संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा सद्भावना दुत नियुक्त भए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले सन् १९९९ मा उनलाई शताब्दीकै सबैभन्दा उत्कृष्ट खेल व्यक्तित्वको पुरस्कार दियो । सन् २००५ मा जर्ज डब्ल्यु बुसले उनलाई अमेरिकाको स्वतन्त्रता अवार्ड जिते । पछिल्लो समय रोगबाट थलिएपनि अलि सार्वजनिक जीवनमा सक्रिय नै थिए । उनी कहिल्यै थकित देखिएनन् । सन् २००९ मा बाराक ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिमा निर्वाचित भएपछि अलीले आफ्नो सपनाको केही अंश पुरा भएको अभिव्यक्ती दिएका थिए । ‘ कालो व्यक्ति अमेरिकाको राष्ट्रपति भएको छ । तर अझै, गरिबी, भोक, असमानता तथा विभेदहरु विरुद्धको लडाँई पुरा गर्न बाँकी छ । हामी सबैले मानवियतालाई केन्द्रमा राख्नुपर्छ ।’– अलीको अभिव्यक्ती थियो । आफ्नो जीवनभर अलिले चारवटा विवाह गरे । उनका ८ सन्तानमध्येकी कान्छी छोरी लैला अलि पनि पिताको पदमार्ग अघि बढ्दै व्यवसाहिक बक्सर बनिन् । सन्यास लिनुअघिसम्म लैलाले खेलेको २४ व्यवसाहिक बक्सिङ खेलमध्ये कुनै खेल हारिनन् । अब अलीको महोमद्ध अलि पार्किन्सन सेन्टरलाई अगाडी बढाउनुपर्ने दायित्व उनैमाथि छ । ओलम्पिकको पदकलाई खोलामा फाले अली जन्मले क्रिष्ट्रियन हुन् । बाल्यकालमा अली आफैँले खासै दुख अनुभव गर्नुपरेको थिएन । तर अमेरिकामा कालाजातिमाथि हुने विभेदले उनलाई अन्यायको विरुद्धमा लड्नका लागि पटक–पटक उत्प्रेरित गर्यो । उनले धर्म परिवर्तन गर्नुको कारण पनि यही नै थियो । अलीले सन् १९६४ को रोम ओलम्पिकमा जितेको मेडललाई खोलामा फालेका थिए । उनले यो तथ्यलाई सन् १९७५ मा प्रकाशित आफ्नो आत्मवृत्तान्तमा समेटेका छन् । अलीले भनेका थिए –‘ओलम्पिकको अर्थ सबै विभेदहरु चिर्दै समाजलाई एकतावद्ध बनाउनु हो । तर अझै पनि विश्वमा कालाहरु दोस्रो दर्जाका नागरिक छन् । अझै पनि विश्वमा गरिबहरुले दोस्रो दर्जाको जीवन बाँच्नुपरेको छ । ओलम्पिक केवल सम्पन्न तथा अधिकारप्राप्तहरुका लागि मनोरन्जनको माध्यममात्रै बनेको छ ।’

जनताका च्याम्पियन सन् १९९१ मा अमेरिका र इराकबीच गल्फ युद्ध जारी रहेकै बेला इराकमा बन्दी बनाइएका निदोर्ष अमेरिकी नागरिकलाई छुटाउन अलीले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले इराकका तत्कालिन राष्ट्रपति सद्धाम हुसैनलाई भेटेर निदोर्ष अमेरिकीहरुलाई रिहा गर्न माग गरेका थिए । सन् १९९६ मा अमेरिकाले ओलम्पिक खेल आयोजना गर्दा अलीलाई उनले खोलामा फालेको ओलम्पिकको स्वर्णको सट्टामा अन्तर्राष्ट्रिय टोली कमिटीले अर्को स्वर्ण प्रदान गर्यो । एटलान्टामा भएको ओलम्पिकको यो संस्करणमा उनले ओलम्पिकको दीप प्रज्वलन गरेका थिए । अलीका समर्थकहरु उनलाई ‘द ग्रेटेस्ट र द पिपुल्स’ च्याम्पियन भनेर सम्बोधन गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप