बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खडेरीको असर यार्सापाटनमा

शनिबार, २२ जेठ २०७३, १३ : २६
शनिबार, २२ जेठ २०७३

डोल्पा  –डोल्पामा बढ्दो खडेरीको प्रभाब हिमाली यार्सागुम्बा पाटनतिर समेत देखिएको छ ।खडेरीले नदीनाला मात्रै सुकेका छैनन् यीनका मुहानको रुपमा रहेका हिमालकै खोला नाला पनि सुक्न थालेका छन् । खडेरी बढ्दै गएपछि डोल्पाको भोक्पा,भाङ्का,सागबारी लगायतका यार्सागुम्बा पाटनमा रहेका खोलाहरु सुख्खा छन् । खडेरीकै कारण माझफाल गाविसमापर्ने रुपपानी,साईक्वारी,पोखेपानी लगायतका स्थानका खोलाहरु सुकेपछि खानेपानीको समस्या भएको स्थानिय विनोद कठायतले बताए । ‘पहिला यार्सापाटनहरुमा जताततै पानी हुन्थ्यो,बेलुकिपख यार्सा संकलन गरेर पालमा फर्कदा खोलामा पानीको वहाव बढेर पारगर्न कठिनहुन्थ्यो अहिले यि पाटनहरुका खोलाहरुमा पानी नै छैन’, कठायतले भने । हिमालकै खोला सुक्न थालेपछि त्रिपुराकोट,सुँ,पहाडा लगायतका गाविसमा पर्ने गल्लीखोला,छलखोला,खोर खोला,भेरी खोला लगायतका खोलाहरु पनि सुकेकाछन् ।

जिल्लाका बिभिन्न यार्सागुम्बा पाटनमा रहेका स—साना ताल तलैयाहरुपनि सुक्न थालेको यार्सासंकलकहरुले बताएका छन् । ‘अहिले अधिकासं पाटनमा हिँउपनि छैन् हिँउ गत बर्षतिर सेताम्य देखिने हिमालहरु अहिले काला पत्थरमात्र देखिने गरेकाछन्,’ एक यार्सासंकलक आईतराम सार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप