बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

म पैसामा नबिक्दा सहकारी सञ्चालकहरु आन्दोलनमा उत्रिएः केसी

शनिबार, २२ जेठ २०७३, १४ : ०३
शनिबार, २२ जेठ २०७३

काठमाडौं– उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले आफू पैसामा नबिक्दा सहकारी सञ्चालकहरु आन्दोलनमा उत्रिएको बताएका छन् । ‘म पैसामा बिक्दिन, सहकारीलाई व्यवस्थित गर्नुपर्छ भन्छु’, शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘त्यही भएर आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेकोले सहकारी सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।’

उनले सहकारीका नाममा बैंकिङ्ग कारोवार गरेर चर्को ब्याज खाने काम भैरहेको तर विद्यमान सहकारी ऐनकै कारण सर्वसाधारणलाई ठग्ने त्यस्ता सहकारीलाई कारवाही गर्न नसकिएको प्रष्ट पारे । उनले व्याजकारी सहकारीलाई व्यवस्थित वनाउन ऐन आउन लागेको भएपनि सहकारीकर्मीले नै विरोध जनाएको वताए । नयाँ ऐन आएपछि सहकारीमा अहिले भैरहेको जस्तो काम गर्न नपाउने भएकाले सहकारीकर्मीहरु अत्तालिएको उनको तर्क छ । सहकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य मान्यता अनुसार नै नयाँ ऐन ल्याउन लागिएको जानकारी दिदै मन्त्री केसीले नयाँ ऐनमा २०४८ सालको ऐनमा भएका राम्रा कुराहरुलाई पनि समेटिएको बताए । सहकारीबाट नजनताको १३ अर्ब रुपैया ठगि भएपनि त्यसलाई एक सयदेखि १५० रुपैयासम्म मात्रै जरिवाना हुने गरेकोको वताए । नयाँ ऐनमा कारवाही प्रक्रियालाई कडा पारिएको भन्दै सहकारी सञ्चालकहरुले दावी गरे जस्तो कालो ऐन नभई समाजवादी अर्थब्यवस्थाको आधारको रुपमा रहेको सहकारीलाई मर्यादित र जिम्मेवार बनाउने गरी ल्याईने दावी गरे । आफू गरिबी निवारण मन्त्री भएपनि गरिबी निवारण कोष प्रधानमन्त्रीको मातहतमा रहेकोले गरिबी निवारणको काम गर्न नसकिएको समेत गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप