बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिममा किर्केट क्रेज बढ्दै

शनिबार, २२ जेठ २०७३, १४ : ०८
शनिबार, २२ जेठ २०७३

अत्तरिया –सुदुरपश्चिमको मुख्य ब्यापारिक शहर धनगढीलाई किर्केटको शहरको रुपमा बिकास गर्ने स्थानियको प्रयास सँगै धनगढी आसपासका क्षेत्रमा पनि धमाधम ठुल ठुला धनराशीका किर्केट प्रतियोगिता हुन थालेका छन । जेष्ट महिनाको चर्को गर्मीमा प्रदेश नम्बर सातको केन्द्र अत्तरियामा टि २० किर्केट प्रतियोगिता भईरहेको छ । युबा ब्यबशायी रबी खनालको पहलमा १४ गते बाट अत्तरियामा प्ले फर अत्तरिया क्रिकेट कप २०७३ संञ्चालन भईरहेको छ । प्ले फर अत्तरिया कप २८ वर्ष भन्दा माथी उमेर समुहका व्यक्तिहरुले मात्रै खेल्न पाउने प्रतीयोगीताको रुपमा आयोजना गरीएको हो । प्रतीयोगीतामा देशभरका १२ वटा टिमहरुले सहभागीता जनाएका छन् । यो क्षेत्रमा पहिलो पटक यो शैलीको क्रिकेट प्रतीयोगीताको आयोजना गरिएको प्रतीयोगीताका संयोजक व्यसायी रवि खनालले बताए । प्रतीयोगीतामा व्यापारी, व्यवसायी, पत्रकार, शिक्षक, विभिन्न संघ संस्थाहरुका टिमहरुले सहभागीता जनाएका छन् । प्रतीयोगीतामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रुपैया पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ५५ हजार ५५५ रुपैया पुरस्कार पाउनेछ । वेष्ट व्याट् म्यान र वेष्ट बलरले ५÷५ हजार रुपैया पुरस्कार पाउनेछन् । प्रतियोगिताले यस क्षेत्रमा क्रिकेटको विकास , खेल मैदानको निर्माणको लागी दबाब दिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप