बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राजधानीमा साइकल र्‍याली

शनिबार, २२ जेठ २०७३, १४ : २९
शनिबार, २२ जेठ २०७३
काठमाडौं – विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍याली गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदबाट प्रारम्भ भएको र्‍याली माइतीघर, थापाथली, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै सोही रुटबाट त्रिपुरेश्वर फर्किएको थियो । विश्व साइकल यात्री पुष्कर शाहसमेत साइकल र्‍यालीमा सहभागी थिए । र्‍यालीले उक्त रोडको छेउमा रहेको साइकल लेन प्रयोग गरेको थियो । राजधानीका विभिन्न सडकमा साइकल लेन भए पनि धेरैले ज्ञानको अभावमा सो साइकल लेन प्रयोग गरेको पाइदैन । साइकल लेनलाई पैदल यात्रु हिड्ने फुटपाथको रुपमा प्रयोग गरिएको छ । यसका बारेमा जानकारी दिनका लागि पनि सो रुट प्रयोग गरिएको आयोजक ग्रीन एन्ड सस्टेनेबल मोबिलिटी इनिसिएटिभ नेपालकी आयशा डंगोलले बताइन् । ग्रीन एन्ड सस्टेनेबल मोबिलिटी इनिसिएटिभ नेपालको आयोजनामा भएको उक्त साइकल र्‍यालीलाई राइडर्स युनिफाइड, एफआईए एक्सन फर इन्भाइरोमेन्ट, माउन्टेन स्पोर्ट्स फेडरेसन, नेपालअटो डटकम र नासा फाउन्डेसनले समेत सहयोग गरेका थिए । पछिल्लो समयमा नेपालमा पनि साइकल प्रयोगकर्ताको संख्या बढिरहेको छ । तर पनि यसका लागि साइकल लेन र अन्य आवश्यक पूर्वाधारको विकास भएको छैन । सरकारले पनि यो कुरामा ध्यान दिन सकेको छैन । यो अवस्थामा यस्ता साइकल र्‍यालीले सरकार र सर्वसाधारणलाई साइकल प्रयोग गर्न र यसका लागि आवश्यक व्यवस्थापन गर्नका लागि झक्झक्याउने विश्वास गरिएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप