बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मलेसिया, ओमन, लेवलान र जोर्डनसँग श्रम सम्झौता गर्ने सरकारको तयारी

शनिबार, २२ जेठ २०७३, १५ : ०६
शनिबार, २२ जेठ २०७३

काठमाडौं–सरकारले नेपाली कामदार कार्यरत रहेका चार रोजगारदाता मुलुकसंग श्रम सम्झौता गर्ने भएको छ । ठूलो संख्यामा नेपाली कामदार रोजगारीमा रहेपनि तीनले पाउने सेवा, सुविधा तथा पारिश्रमिक लगायतका विषयमा समस्या हुने गरेकाले तत्काल चार मुलुकसंग श्रम सम्झौता हुन लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार मलेसिया, ओमन, लेवलान र जोर्डनसँग श्रम सम्झौताको तयारी भएको हो । यी मुलुकमा लामो समयदेखि नेपाली कामदार कार्यरत रहेको भएपनि समयमै श्रम सम्झौता नहुँदा विभिन्न समस्या आउने गरेका छन् । कामदारले पाउने न्युनतम पारिश्रमिक, करार अवधी र अन्य सेवा सुविधाका कुरा सम्झौतामा उल्लेख हुने गर्छ । यस पटक भने विगतको भन्दा वैज्ञानिक हिसावले सम्झौता हुन लागेको जनाइएको छ । कामदारको हित हुनेगरि सम्झौता गर्न अहिले सरोकारवाला पक्षसँग छलफल भैरहेको मन्त्रालयले जनाएको छ । अहिले मलेसियामा मात्र ८ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । यस्तै, ओमान, लेवलान र जोर्डनमा समेत लाखौ नेपाली कामदार कार्यरत छन् । श्रम सम्झौताको अभावमा ती कामदार विभिन्न समयमा पीडित हुदै आएका छन् । मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्दै नेपाली कामदारको हितमा ऐन निमार्ण गर्ने सरकारी तयारी रहेकाले सोही अनुसार श्रम सम्झौता गर्न लागिएको हो । सरकारले भर्खरै प्रस्तुत गरेको वजेटमा पनि वैदेशिक रोजगारलाई सुरक्षि, व्यवस्थित र मर्यादित बनाउने उल्लेख गरेकाले पनि श्रम सम्झौता अपरिहार्य रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप