बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बालिका करणी गर्ने जेल चलान

शनिबार, २२ जेठ २०७३, १५ : १३
शनिबार, २२ जेठ २०७३

गुल्मी–नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार उक्त सजाय तोकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विरही मौर्यले जानकारी दिए । आरोपित छन्त्यालले २०७२ वैशाख ३० गते बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले छन्याललाई जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि छन्त्याल पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा चलान भएका थिए ।

अदालतले उनलाई पाँच वर्षका लागि जेल सजाय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप