बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चुक्ता पुँजी बढाउने अभियानमा कृषि विकास बैंक : ५० प्रतिशत हकप्रद सेयर ल्याउने

शनिबार, २२ जेठ २०७३, १५ : ३२
शनिबार, २२ जेठ २०७३
काठमाडौं–कृषि विकास बैकले पनि चुक्ता पुँजी वढाउन सेयरधनीलाई २ कित्ता वरावर एक कित्ता सेयर विक्रि गर्ने भएको छ । बैंकले सेयरका साथै चालु आर्थिक वर्षको नाफावाट २० प्रतिशत वोनस समेत वितरण गर्ने भएको छ । बैंकको पुँजी वृद्धि योजना अनुसार आगामी आव ०७३÷०७४ मा पनि सेयर धनीलाई २० प्रतिशत वोनस वितरण गरेर चुक्ता पुँजी ८ अर्व रुपैयाँ पु¥याउने जनाइएको छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार बैंकले आगामी वर्षभित्र चुक्ता पुँजी वढाउनै पर्ने वाध्यताका कारण हकप्रद सेयर निस्कासनको तयारी गरेको हो । चालु आवको चैत मसान्तसम्मा बैंकले एक अर्व ७७ करोड खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा २४ करोड वढी हो । चालु आवको चैतमसान्त सम्ममा बैंकले ८३ अर्व ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्व १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधीमा बैकको पुँजी कोष १३.१९ प्रतिशत, निष्क्रिय कर्जा ४.८९ प्रतिशत, इक्विटीमा प्रतिफल १४.७० प्रतिशत छ । साथै बैंकको प्रतिसेयर आम्दानी ३१.२७ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप