बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिके राउतका ११ कार्यकर्ता पक्राउ

शनिबार, २२ जेठ २०७३, १५ : ३६
शनिबार, २२ जेठ २०७३
परासी– जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज सदरमुकाम परासीबाट सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ११ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । गत ८ गते बुद्धज्यन्तिको दिन लुम्बिनीबाट पक्राउ परेका गठबन्धनका कार्यकताहरुलाई प्रहरीले आफनो नियन्त्रणबाट रिहा  गरेको  खुसियालीमा आज परासीमा जुलुससहित  अबिरजात्रा निकाल्दा प्रहरीले  पुनः ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संगठनका केन्द्रिय उप संयोजक कैलास महतो, केन्द्रिय प्रवक्ता अबदुल खान, क्षेत्रिय संयोजक कनैया राजभर, क्षेत्रिय संयोजक ईरफान शेख , नवलपरासी जिल्ला संयोजक मदन यादव, जिल्ला सहसंयोजक, बालगोविन्द चौधरी, जिल्ला सदस्य विजयनाथ यादव, सदस्य प्रकाश पासवान, योगेन्द्र गुप्ता, श्याम गुप्ता, शेआलम अलिर्लाइ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप