बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मधेस आन्दोलनको नेतृत्व अब माओवादीले गर्छः प्रचण्ड

शनिबार, २२ जेठ २०७३, १७ : १८
शनिबार, २२ जेठ २०७३

बर्दिबास– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारका लागि भएको मधेस आन्दोलन जायज भएपनि त्यसका नेतृत्वकर्ताहरु ठीक नभएको बताएका छन् ।

उनले मधेस आन्दोलनका नेतृत्वकर्ताहरु ‘पुजीपति र दलाल वर्ग’ भएको भन्दै उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि आन्दोलन गरिरहेको आरोप लगाए ।

उनले मधेसी दलहरु विदेशीको इशारामा आन्दोलनमा होमिएको भन्दै त्यस्तो आन्दोलनबाट मधेसी जनताको अधिकार प्राप्त नहुने भएकाले अब आफ्नो पार्टीले आन्दोलनको नेतृत्व गर्ने उद्घोष गरे ।

महोत्तरीको बर्दिबासमा नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादीहरुबीचको एकताले आम कार्यकर्ताहरुमा नयाँ आशाको सञ्चार भएको बताए ।

उनले बाबुराम भट्राईले माक्र्सवाद छाडेको र मोहन वैद्यले अहिलेको परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा एकता प्रक्रियामा सहभागि गराउन नसकेको सो अवसरमा उनले उल्लेख गरे ।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र हेर्डक्वाटरका सदस्य नारायणकाजी श्रेष्ठले विदेशीको इशारा चल्नु नै मधेस आन्दोलन असफल हुनुको कारण भएको जिकिर गरे ।

सो अवसरमा हेर्डक्वाटर सदस्यहरु रामबहादुर थापा बादल, मातृका यादवलगायतले सबै माओवादीबीच एकता हुनुपर्नेमा जोड दिए । एकदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर दुईका पार्टीसम्बद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप