बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रातो किताब माग्दै कांग्रेसद्वारा संसद बैठक अबरुद्व

शनिबार, २२ जेठ २०७३, १७ : ३४
शनिबार, २२ जेठ २०७३

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आव २०७३÷ ७४ को बजेटसम्बन्धी भाग १ रातो किताब वितरण नगरिएकामा आपत्ति जनाउँदै उक्त पुस्तक वितरण नभएसम्म सदन चल्न नदिने अडान लिइएपछि सभामुख ओनसरी घर्तीले आधा घन्टाका लागि बैठक स्थगन गरेकी हुन् । यद्यपी पछि रातो किताव उपलब्ध गराइएसँगै बैठक सुचारु भइसकेको छ ।

प्रमुख प्रतिपक्ष दलका सांसदले बैठकमा बजेटमा समावेश आयोजना र कार्यक्रम रातारात फेरबदल भएको आरोप लगाउँदै आआफनो स्थानबाट उठेर विरोध जनाएका थिए । बैठकमा काँग्रेसका वीरबहादुर बलायरले आगामी आवको विनियोजन बजेट र योजना समेटिएको भाग १ रातो किताब नबाँडिएकामा आपत्ति व्यक्त गर्दै रातो किताबमा रातारात किताब फेरबदल गर्ने काम भएको भनी आपत्ति व्यक्त गरे ।

सांसद बलायरको भनाइपछि योजना आयोगबाट पुस्तिका प्राप्त भए पनि केही कुरा सच्याउनुपर्ने भनेकाले समय लागेको सभामुखले बैठकमा जानकारी दिइन् । त्यसको लगत्तै काँग्रेसका सचेत ईश्वरी न्यौपानेले बजेट वितरणपछि तत्कालै रातो किताब सांसदको हात हातमा पु¥याउनुपर्नेमा त्यो व्यवस्था नभएको भनी सरकारको आलोचना गरेका थिए । मोर्चाका तर्फबाट ध्यानाकर्षण यसअघि बैठकको प्रारम्भमा मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले लामो समयदेखि मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकार र सदनले पनि कुनै चासो नराखेको गुनासो गरे । सदनको बैठकको कार्यसूचीमा समेत आफूहरुका लागि समय छुट्याइएको नदेखिएको बताउँदै उनले आफूहरु वार्ताको विरोधी नभएको बताए ।

अस्थाका आधारमा आन्दोलनमा रहेका आफ्ना केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तालाई थुनिएको बताउँदै सांसद कर्णले आफूहरुलाई संसद्मा बस्ने चाहना हुँदाहुँदै पनि मधेसी, आदिवासी जनजातिको माग सम्बोधन नगरेसम्म त्यो सम्भव नरहेको प्रतिक्रिया दिए ।

सरकारले आफ्ना माग र असन्तुष्टिलाई किन सुनिरहेको छैन भन्दै उनी सरकारले आन्दोलनरत दलले उठाएका मागलाई सम्बोधन गर्न चासो नदेखाएसम्म संसद्को बैठक बहिष्कार गर्ने घोषणा गर्दै बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप